www.tandavnews.com
Fact ~ In search of truth

न्युरोडस्थित कोठामा लुकाई राखेको ३०० एम्पुल ड्रग्ससहित अशोक वाचे मगर पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा दिनहुँ जसो लागूऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । पछिल्लो समय (मंसिर २९ गते) अस्ति सोमबार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नंम्बर ८ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोडबस्ने ३० वर्षीय अशोक वाचेमगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

अशोकले आफु बस्ने कोठाबाट लागूऔषध कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनी पक्राउ परेका हुन् । उनले आफु बस्ने कोठामा डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिनर्फिन १०० एम्पुल गरी ३०० एम्पुल लागूऔषध लुकाई रोखका थिए । उनीमाथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.