www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप दुई संक्रमितको मृत्यु

गण्डकीमा हाल १६३२ सक्रिय संक्रमित

पोखरा ,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार मृत्यु हुने दुवै जना पोखरा महानगरपालिकाका रहेका छन् ।

Batas

निर्देशनालयको अनुसार मृत्यु हुनेमा एक जना पोखरा महानगरपालिका वडा नम्बर १२ का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनको आज बिहान पौने ६ बजे फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै अर्का मृतक संक्रमित पोखरा महानगरपालिका –१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनको गएराती १० बजेर २० मिनेटको समयमा फिस्टेलमै उपचारको क्रममा मृत्यु भएको थियो । उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै कास्की जिल्लामा हाल सम्म १०५ संक्रमितको मृत्यु भएको छ । भने गण्डकीमा हाल सम्म १८६ संक्रमितको मृत्यु भइसकेको छ । यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६१ संक्रमित थपिएका छन् । २७८ जनाको परिक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये कास्कीका ३८ जना, तनहुँका ६ जना, पर्वतका १ जना,बागलुङका १,गोरखाका ७ जना, लमजुङका ५ र स्याङ्जाका ३ जना रहेका छन् । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ८३ पुगेको छ ।

यस्तै आज ३७ संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म प्रदेशमा ११ हजार ७ सय ६५ जना निको भएका छन् । हाल प्रदेशमा १ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ५ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.