www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डसँगको छलफल पछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली राजी

काठमाडौं ।

हिजो मंगलबार अचानक जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राजी भएका छन् ।

नेकपा स्रोतको अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज(बुधवार) भएको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न राजी भएका हुन् । हिजो अध्यादेश जारी भएलगत्तै प्रचण्ड–नेपाल पक्षले पार्टीभित्र छलफल नै नगरी ल्याइएको अध्यादेश मान्य नहुने भन्दै प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका थिए ।अध्यादेश जारी हुनासाथ अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

Batas

नेकपाको भित्रको विवादका बीच ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गरेकी थिइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.