www.tandavnews.com
Fact ~ In search of truth

जबर्जस्ती गर्भपतन गर्न लगाउने बैदामका इन्सपेक्टर ‘ध्रुव शर्मा’ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर पक्राउ परेका छन् । श्रीमतीलाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा इन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका हुन् ।

पीडित युवतीले घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीपछि इन्सपेक्टर शर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।

Batas

म्याग्दीबाट रमाना लिएर हाल पाेखरास्थित बैदाम आएका इन्सपेक्टर शर्माले म्याग्दीमै कार्यरत रहँदा विवाहको प्रलोभन देखाई शारिरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जर्बजस्ती गर्भपतन गराउन लगाएको पीडित युवतीको उजुरीमा उल्लेख छ ।

अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.