www.tandavnews.com
Fact ~ In search of truth

कृषि उपकरण हलो–जुवासहित उखु किसानको प्रर्दशन

काठमाडौं ।

 आन्दोलनरत उखु किसानले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले आज (बिहीबार) हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।किसानले किसानको परम्परागत कृषि उपकरण हलो, जुवासहित प्रदर्शन गरेका हुन् ।

Batas

उनीहरुले प्रदर्शनस्थलमा यी सामग्रीका अतिरिक्त उखुका लाक्रासमेत राखेका छन् । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम माग गर्दै कृषक सर्लाहीबाट काठमाडौं गई विगत पाँच दिनदेखि प्रदर्शन गरिरहेका छन्। सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा नपाएपछि उनीहरू आन्दोलनमा होमिएका हुन् ।

यद्यपि गृह मन्त्रालयले अस्ति मंसिर ३० गते बसेको बैठकबाट उखु किसानको पैसा नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्देशन दिइसकेको छ । गृहले किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गरि कारबाही गर्न निर्देशन दिएको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.