www.tandavnews.com
Fact ~ In search of truth

आजबाट तालबाराही मन्दिर सर्वसाधारणका लागि खुला

पोखरा,
ताण्डव न्यूज ।

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर भक्तजनका लागि पुनः खुला भएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर आज बिहिबारदेखि खुला भएको हो ।

संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्य सतर्कता अपनाई सर्वसाधारण तथा भक्तजनका लागि मन्दिर खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।

Batas

लकडाउन खुलेपछि पोखरा आउने पर्यटक मन्दिर बन्द रहेकाले त्यसै फर्किदै आएका थिए, उनले भने , ‘अब मन्दिर खुला गरेका छौँ । पोखरा आउने पर्यटकले मन्दिर दर्शन गर्न सक्नेछन् ।’उनले मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए ।

मन्दिर खुलेसँगै डुङ्गा चालकले खुशी व्यक्त गरेका छन् । केही हदसम्म मन्दिर दर्शन गर्न आउने भक्तजनले धानिएको डुङगा व्यवसायी मन्दिर नखुल्नाले निकै मारमा परेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले संघ, प्रदेश र पोखरा महानगर तीनै तहलाई पोखरा आसपासका धार्मिक एवं पर्यटकीय गन्तव्य खोल्नका लागि पटकपटक आग्रह गरेपश्चात आजबाट बाराही मन्दिर खुला भएको बताए ।

उनले भने,‘ आजबाट बाराही मन्दिर खुला भएको छ अब अरु मठमन्दिर र पर्यटकीय गन्तव्य पनि खुल्नेछन् , उनले थपे कोभिड– १९ ले ठप्प रहेको पोखराको पर्यटन अब विस्तारै लयमा फर्कन थालेको छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.