www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा नेपाली मौलिकता झल्कने आँखी झ्याल भान्छा घर सञ्चालनमा

पोखरा ।

पोखराको लेकसाइडमा नेपाली मौलिकता झल्कने आँखी झ्याल भान्छा घर सञ्चालनमा आएको छ ।

सञ्चारकर्मी तथा महिला उद्यमी रोजी श्रेष्ठले उक्त भान्छाघर सञ्चालनमा ल्याएकी हुन् । ५० लाख लगानीमा एक्लैले भान्छाघर सञ्चालनमा ल्याएको श्रेष्ठले बताइन् ।भान्छाघर लेकसाईड स्थित नारेश्वरचोकमा अवस्थित रहेको छ ।

Batas

एक कार्यक्रमका बीच भान्छाघरको उद्घाटन भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोकाले भान्छाघरको उद्घाटन गरेका थिए ।

भान्छाघरमा नेपाली खाना तथा खाजा खुवाइने व्यवस्था रहेको सञ्चालक श्रेष्ठले बताइन् ।लोकल खाना, ढिँडो लगायत ग्राहकको चाहना अनुसार खाना तथा खाजा खुवाइनेछ,’ उनले भनिन् ।

एकैपटकमा १०० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमता रहेको श्रेष्ठले बताईन ।सञ्चालक श्रेष्ठको अनुसार भान्छाघरमा ६० जना क्षमताको ठुलो र २० जना क्षमताको सानो गरि २ वटा हल उपलब्ध रहेको छ ।

उनले भनिन्, ‘मिटिङ तथा सेमिनारका लागि हल उपयुक्त छ, आवश्यक परेमा आँखी झ्याल भान्छाघरलाई सम्झिनुस ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.