www.tandavnews.com
Fact ~ In search of truth

मुलुकमा प्रविधियुक्त प्रहरी जनशक्ति आवश्यक :मन्त्री चुमान

पोखरा ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले मुलुकमा प्रविधियुक्त जनशक्ति आवश्यक रहेको बताएका छन् ।

देशमा आइपर्ने विपद्हरुबाट हुने क्षति न्युनीकरण गर्नका समयअनुकुल प्रविधियुक्त प्रहरी जनशक्ति आवश्यक रहेको मन्त्री चुमानले बताए ।

Batas

पर्वत जिल्लाको कुश्मा नगरपालिका– ०४ गुप्तेश्वर गुफास्थित जिल्ला प्रहरी कार्यालय पर्वत र प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङ द्धारासंयुक्त रुपमा सञ्चालित विपद् व्यवस्थापन सम्बन्धी अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गण्डकी प्रदेश प्रहरीलाई प्रविधि तथा श्रोत–साधन उपलब्ध गराई नागरिकमैत्री सेवा प्रवाहमा देशकै नमूना प्रदेश प्रहरी बनाउन मामिला तथा कानून मन्त्रालय लागिपरेको बताए ।

साथै शान्ति सुरक्षा तथा अमन चयनको सवाल सबै सरोकारवाला निकायसँग सम्बन्धित भएकाले यसप्रति सबैले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.