www.tandavnews.com
Fact ~ In search of truth

नेपाली चिकित्सकद्वयले पाए पहिलोपटक ऐतिहासिक अवार्ड

पोखरा,
ताण्डव न्यूज ।

डा .पशुपति महत र डा. अरुण राज कुँवरलाई यस वर्षको वल्र्ड हेल्थ अवार्ड डाक्टर अर्पण गरिने भएको छ ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्विस फाउण्डेसनले प्रदान गर्ने यो अवार्ड मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका चिकित्सकलाई प्रदान गर्ने निर्णय गरेको हो । डाक्टर महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुन् भने डाक्टर कुँवर नेपालको पहिलो बाल साइक्याट्रिक हुन् । कुँवरले कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटको नेतृत्व गरिरहेका छन् ।

Batas

वर्षमा एक पटक दिइने यो अवार्ड स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने चिकत्सकहरुलाई प्रदान गरिन्छ । नेपालका चिकित्सकले यो अवार्ड पहिलो पटक पाएपछि नेपाली चिकित्सकहरुका लागि यो अवार्ड गौरवको विषय बनेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.