www.tandavnews.com
Fact ~ In search of truth

सबै नेपालीलाई कोरोना विरुद्धको खोप निशुल्क : अर्थमन्त्री पौडेल

काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् ।

विश्व बजारमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा आयात गर्न र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापनका लागि अर्थमन्त्रालय लागीपरेको उनले बताए ।

Batas

‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं, कोरोनाको भ्याक्सिन ल्याउन त्यसका लागि आवश्यक स्रोत व्यवस्थपन र वितरणका लागि सरकार लागीपरेको छ,’ शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँग भेटघाटमा उनले भने ।

उनले खोप आयात गर्दा तुलनात्मक रुपमा सस्तो दरमा भ्याक्सिन आयात गर्ने र प्राथमिकताका आधारमा वितरण गरिने समेत जानकारी दिए ।उनले सस्तो, गुणस्तरीय र स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्रै आयात गरिने भन्दै भ्याक्सिन आयात कुटनीति निकायहरुसँग कुरा भइरहेको दावी समेत गरे ।

नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनका लागि कोभिड विरुद्ध लड्ने त्यसका लागि खोप आवश्यक रहेको उनको भनाइ छ । उनले उत्पादन र रोजगारी बढाएर आर्थिक जीवनलाई पुरानै लयमा फर्काउनका लागि पनि खोप आवश्यक भएको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.