www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश अन्तर्गत कास्की कोरोनाबाट बढी प्रभावित

मृत्युदर, संक्रमण र सक्रिय संक्रमितको संख्या धेरै

पोखरा ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमित भन्दा बढी निको हुनेको संख्यामा बढदै गइरहेको छ । यता गण्डकी प्रदेशमा पनि संक्रमित हुने भन्दा निको भएर घर फकर्नेको संख्या बढ्न थालेको छ । बढीरहेको छ ।

यद्यपि निको हुनेको संख्या बढेता पनि संक्रमण हुनेहरुमा गण्डकी प्रदेशअन्तर्गत कास्कीका धेरै रहेका छन् । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने संक्रमणबाट कास्की सबैभन्दा बढी प्रभावित भएको छ ।

Batas

प्रदेशका अन्य १० जिल्लाको तुलनामा कास्कीको मृत्युदर, संक्रमण र सक्रिय संक्रमितको संख्या बढिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण गण्डकी प्रदेशमा कूल १८६ ले ज्यान गुमाएकामा कास्की जिल्लामा मात्र १०५ को मृत्यु भएको छ । अन्य आठ जिल्लामा मृत्युको संख्या ८१ मात्र रहेको छ । गण्डकी प्रदेशको हिमाल पारिका जिल्लाका रुपमा परिचित मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छैन भने तनहुँ २०, नवपरासी पूर्व २०, स्याङ्जामा १३, गोरखा नौ, वाग्लुङ आठ, लमजुङ पाँच, पर्वत र म्याग्दीमा तीन-तीन जनाको मृत्यु भएको तथ्यांक छ ।

स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार यो प्रदेशमा सक्रिय संक्रमित संख्या कूल एक हजार ६१२ मध्ये कास्कीको पोखरामा मात्र ६५६ रहेका छन् । कूल १३ हजार ५६३ सं्रमितमध्ये कास्कीका मात्र छ हजार १२१ जना रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म एक लाख १५ हजार ६०४ जनाको पिसिआर परीक्षण गरिएकामा १३ हजार ५८३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । एक लाख दुई हजार २१ जनामा नेगेटिभ देखिएको थियो भने एक हजार ६३२ जना अहिले पनि सक्रिय संक्रमित छन् । निर्देशनालयको तथ्यांकअनुसार हालसम्म प्रदेशमा निको हुने दर ८६.६२ प्रतिशत, सक्रिय संक्रमित दर १२.०२ प्रतिशत र मृत्यु हुने दर १.३७ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशमा कोभिड–१९ को नियन्त्रण र उपचारमा तोकिएका मुख्य अस्पतालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, सङ्क्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी मेडिकल कजेल, चरक मेमोरियल, फिस्टेल अस्पताल रहेका छन् ।

अन्य अस्पतालमा फेवा सिटी, लेकसिटी, पार्कल्याण्ड, पश्चिमाञ्चल सामुदायिक, मेडिप्लस, नमस्ते, ग्यालेक्सी, मेट्रोसिटी, कास्की सेवा, गोरखा र पर्वत जिल्ला अस्पताल, धौलागिरि, मध्यविन्दुलगायतका विभिन्न १९ वटा अस्पतालमा कूल २२३ आइसियु र ६२ भेन्टिलेटर श्ययाको व्यवस्था गरिएको छ ।

विशेष गरी गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा श्रमिक, मजदूर र ज्यालादारी वर्गको जीविकोपार्जनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेर सबैभन्दा नजिकका सरकारको पुष्टि गरेका छन् ।

सरकारले प्रदेशअन्तर्गतका महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बीउ पूँजी उपलब्ध गराएर राहत कोष शुरु गरेसँगै जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा विभिन्न संसंस्थाको सामूहिक पहलमा कोरोना नियन्त्रण तथा पारेका समस्या समाधानमा अविष्मणीय कार्य भएका छन् ।

मुलुकका तीनै तहका सरकारको पहलमा पिसिआर परीक्षणमा तदारुकता देखाउँदै संक्रणको अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलेसमेत सुरक्षा मापदण्डको पालना गर्दै आआफ्नो क्षेत्रमा अहोरात्र खटेका थिए । पछिल्लो समय सर्वसाधारणले पनि मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेलगायतका सरसफाइ र सुरक्षाका मापदण्ड पूरा गरेकै कारण यतिखेर प्रदेशमा सङ्क्रमण कम भएको अनुभूति गर्न थालिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अवसरका लागि सबै क्षेत्रका मानिस आउने र जनसङ्ख्यासमेत अध्याधिक भएका कारण संक्रमण अझै पनि कम भएको छैन । पछिल्लो समय पिसिआर परीक्षण भने घटेको छ । प्रदेश सरकारले सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको भए पनि कतिपय संक्रमितको परिवारले उपचारका लागि सरकारी अस्पतालमा भन्दा बिरामीलाई निजी अस्पतालमा लैजाँदा महङ्गो महसुस गर्नुका साथै धेरैतिर डुलाउँदा ज्यानसमेत गुमाउन पुगेका थिए ।

कोभिड– १९ को संक्रमण रोगथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा गठित उच्चस्तरीय निर्देशन समितिले योजनाबद्धरुपमा काम गर्दै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.