www.tandavnews.com
Fact ~ In search of truth

‘कोभिड–१९’ प्रभाव : भर्चुअल रुपमा ‘नवौं लिटरेचर फेष्टिभल’ हुने, यस्तो छ सेडुअल

पोखरा
ताण्डव न्यूज।

नवौं संस्करणको ‘आईएमई नेपाल लिटरेचर फेष्टिभल’ कोभिड–१९ को प्रभावका कारण भर्चुअल तरिकाबाट पोखरामा आयोजना हुने भएको छ । आगामी १४ र १५ गते (डिसेम्बर २९ र ३०) फेष्टिभलको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण सहित बुकवर्म फाउन्डेशनले कार्यक्रमको आयोजना गर्ने पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

फेष्टिभलका कार्यकारी निर्देशक नीरज भारीले ‘कोभिड–१९’ का कारण विगतका वर्षहरुमा जस्तै फेवा किनारमा आयोजना गर्न असमर्थ रहेको बताए । उनले भर्चुअल रुपमा कार्यक्रम आयोजना गर्ने बताउदै यस वर्षको संस्करणमा १५ सेसन र ४० बढी वक्ताहरुले छलफल गर्ने बताए । कार्यक्रममा विभिन्न विधाका वक्ताहरु सहित सेसनहरु निर्धारण गरिएको भारीले बताए ।

Batas

उनका अनुसार ‘पूर्वसँन्ध्या साँझ मेहफिल’ बाट शुभारम्भ भई साहित्यको अर्थ, कोरोनाकालिन उद्योग वाणिज्य, युवाको नजरमा नेपाल, पढ्ने हुटहुटी, तीन आख्यान, कोरोनापछिको सिनेमा तथा संघीयताका अवसरहरु हुदै प्रदेशबाट देखिने देश सम्मको सेसनमा पुग्दै फेष्टिभल सकिनेछ ।

यस्तो छ सेडुअल

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.