www.tandavnews.com
Fact ~ In search of truth

‘ओलीको कदम’ विरुद्ध सडकमा उत्रन आह्वान

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कास्कीमा पूर्व ए.माओवादी यूवा नेताहरुले विरोधको आह्वान गरेका छन् ।

राष्ट्रिय युवा संघ कास्कीका संयोजक भोजराज पौडेलले सामाजिक सञ्जालमार्फत ओलीको निर्णयप्रति विरोध गर्दै सडकमा उत्रन युवाहरुलाई आह्वान गरेका छन् । उनले फेसबुकमा लेखेका छन, “ सम्पूर्ण कास्कीका यूवा विद्यार्थीहरुलाई अपिल : संसद विघटनका विरुद्ध सडकमा जाऔँ” । संयोजक पौडेलले ओलीको उल्टो कदमको विरुद्ध महेन्द्रपुलमा विरोध कार्यक्रम राखिएको बताए । उनका अनुसार दिउँसो १ बजे युवाहरु विरोधका निम्ति उत्रनेछन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.