www.tandavnews.com
Fact ~ In search of truth

सिनेमा क्षेत्र चलायमान बनाउन ‘चलचित्र बीमा सञ्चालन कार्यविधि’ सञ्चालनमा

पोखरा ।

लामो समयदेखि बन्द रहेको सिनेमा क्षेत्र चलायमान बनाउन चलचित्र विकास बोर्डले ‘चलचित्र बीमा सञ्चालन कार्यविधि’ सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डले चलचित्र बीमा सञ्चालनमा ल्याएको चलचित्र निर्माता संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सरकारले छायांकन अनुमति खुल्ला गरेको मितिबाट २०७८ असार मसान्तसम्म फिल्म निर्माणको इजाजत लिने फिल्मका लागि बीमा सञ्चालनमा ल्याएको हो ।

२०७८ असार मसान्तभित्र फिल्म निर्माणको इजाजत लिने फिल्मलाई ‘प्रोजेक्ट बीमा कार्यविधि’ ले निर्देशन गरे बमोजिम एक लाख पचास हजार बीमा शुल्क उपलब्ध हुने निर्माता संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Batas

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको अप्ठ्यारो परिस्थितिमा केही हदसम्म चलचित्र निर्मातालाई राहत तथा प्रोत्साहन गर्नको लागि नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चिलचित्र बिकास वोर्डले चलचित्र प्रोजेक्ट बीमालाई, नेपाल सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असार मसान्तसम्मका लागि चलचत्रि निर्माण इजाजत लिइने सिनेमाहरुको हकमा ‘चलचित्र प्रोजेक्ट बीमा कार्यविधि २०७७’ सञ्चालनमा ल्याएको छ ।

सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि हल व्यावसायीहरु भने हल सञ्चालनको तयारीमा छन् । पुस १० गतेबाट हल सञ्चालन हुने बुझिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.