www.tandavnews.com
Fact ~ In search of truth

संसद विघटन प्रस्ताव : के भन्छन कास्कीका नेताहरु ?

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कास्कीका नेताहरुले आ-आफ्नो धारणा राखेका छन् ।

ताण्डव न्यूजसंग कुराकानी गर्दै नेकपा कास्कीका अध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापाले मिलेर जानुको विकल्प नभएको बताए । नेपाली जनताको चाहना र देशको हितका लागि राजनीतिक स्थायीत्व आवश्यक छ भन्दै थापाले पटक–पटकको चुनाव जनताले थेग्न नसक्ने बताए । प्रधानमन्त्री ओलीको कदमबारे आफूले पनि केन्द्रमा बुझ्ने प्रयास गरिरहेको भन्दै परिणाम गलत आउनुपूर्व नै शुभ समाचार प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

Batas

नेकपाका अर्का सांसद एवं गण्डकी प्रदेश संसदीय विकास समितिका सभापती दिपक कोईरालाले प्रधानमन्त्री केपि शर्मा ओलीको कदमले संघीयताको चिरहरण गर्न खोजेको बताएका छन् । ओलीले चालेको कदमलाई असंवैधानिक कदम भन्दै सांसद कोईरालाले संविधानको प्रावधान विपरितका कुनैपनि गतिविधि गर्ने छुट ओलीलाई नभएको बताए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल काँग्रेस कास्कीका नेता एवं प्रदेश सांसद विन्दुकुमार थापाले प्रधानमन्त्री ओलीको कदमलाई नेपाली जनताको लागि अभिशापको संज्ञा दिए । “कोरोना महामारीका बेला जनताका पीर मर्का बुझेर अघि बढ्नुपर्ने बेलामा गुट, पद र कुर्चीका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्नु जनताका दुर्भाग्यको कुरा हो”। थापाले भने । स्थायी सरकारको चाहनामा जनताले नेकपालाई दिएको बहुमतको कदर समेत सरकारले गर्न नसकेको सांसद थापाको भनाई छ । विकास निर्माणको आसा र भरोसामाथि सरकारको यो कदमले कुठाराघात गरेको भन्दै कुनैपनि हालतमा संसद विघटन गर्न नहुने बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.