www.tandavnews.com
Fact ~ In search of truth

के प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारवाही हुन सक्छ ? यस्तो छ नेताहरुको तयारी

काठमाडौं।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा ओलीलाई अनुशासनको कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै तयारी गरिएको छ ।

कारबाहीको सिफारिसका लागि नेकपाको पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए ।

Batas

ती नेताका अनुसार बैठकका लागि नेताहरु बालुवाटार जाने क्रम जारी छ । बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्ने उनले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.