www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको कदम विरुद्ध नवलपरासीमा चक्काजाम

नवलपरासी,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको संसद विघटन सिफारिको कदम विरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी क्षेत्रमा चक्काजाम गरिएको छ ।

नेपाली कांग्रेसको भातृसंस्था नेविसंघ र तरुणदलका कार्यकर्ताले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रर्दशन गर्दै पूर्वपश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध पारेका हुन् ।

Batas

उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै कावासोतीस्थित गणेशमान चोकमा यातायात ठप्प पारेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट ३ सय मिटर पश्चिममा राजमार्ग अवरुद्ध गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै उनीहरुले संसद् विघटनको प्रस्ताव फिर्ता लिन माग गरेका छन् । दुई तिहाइको सरकारले शासन गर्न नसकेर संसद् विघटन गर्न खोजेको भन्दै विद्यार्थीले नाराबाजी गरेका छन् ।

नेविसंघका जिल्ला सचिव लेखनाथ दवाडीले सरकारको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै विरोध गरिएको बताए । राजमार्गमा भएको प्रर्दशनपछि लामो तथा छोटो दुरी तय गरेका सवारीसाधन बाटैमा रोकिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.