www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

पोखरा,
ताण्डव न्यूज ।

संसद विघनटनको प्रस्तावमा विरोध जनाउँदै पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको छ ।

पोखराको बगर स्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि विद्यार्थीहरुले विरोध जनाउँदै पुत्ला दहन गरेका हुन् । नेकपाकै भ्रातृ संगठन अनेरास्ववियु सहित अन्य विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र जनता समाजवादी पार्टी समर्थित विद्यार्थीहरुले प्रधानमन्त्री ओली विरुद्ध नारा लगाउँदा केहिबेर त्यस आसपाको क्षेत्रमा तनाव भएको छ ।

Batas

प्रर्दशन जारी रहेकै बेला प्रहरीको एक टोली पुगेर नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रर्दशनमा कडा हस्तक्षप गरेपछि क्याम्पस गेटभित्र प्रवेश गरेका विद्यार्थीहरुको समूहले प्रहरीमाथि ढुङ्गा समेत प्रहार गरेको थियो ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.