www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफल गर्दै सभामुख सापकोटा

काठमाडौं ।

सरकारद्धारा संघीय संसद विघटन भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले विज्ञहरुसँग छलफल गदैंछन् । सापकोटाले आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफल गर्ने भएको स्रोतले जनाएको छ ।

सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । संसदमा रहेका दलहरु र बहुमत सांसदहरु संविधानको धारा १०३ प्रयोग गरौं भन्दै आए भने के गर्ने भनेर सभामुख सापकोटाले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

Batas

संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ । संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ, ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’,

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.