www.tandavnews.com
Fact ~ In search of truth

बालुवाटारमा ओलीले भने,’पार्टी एकतामा प्रचण्डले सिन्को भाँचेनन्, त्यसैले यो अवस्था आयो’

काठमाडौँ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको बताएका छन् । आफू निकट सांसदहरुलाई बालुवाटार बोलाई आफ्नो कदमको बचाउ गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले आफूसमर्थित सांसदहरुलाई सम्बोधन गर्दै विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले संसद विघटन गर्नु परेको र ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको बताएका छन् ।

Batas

ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता सिन्को नभाँचेको, एकतामा तत्परता नदेखाएको कारण पनि अहिलेको अवस्था आएको आरोप लगाएका छन् ।

ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान भेलामा सहभागी सांसदहरुलाई आग्रह पनि गरेको जनाइएको छ । ओलीले मध्यावधि चुनावका लागि आफ्नो क्षेत्रमा तयारी गर्नसमेत सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसदहरु रघुवीर महासेठ, कृष्णप्रसाद दाहाललगायत अनुपस्थित रहेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.