www.tandavnews.com
Fact ~ In search of truth

कृषि आर्कषणका लागि ‘टनेल हाम्रो उत्पादन तपाईंको कार्यक्रम ’

पर्वत ।

पर्वतको फलेवास नगरपालिकामा ‘टनेल हाम्रो उत्पादन तपाईको कार्यक्रम’ शुरुआत भएको छ । फलेवास नगरपालिकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गरेको हो ।

किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सेत सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

Batas

नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तर्गत नगरपालिकाले स्थानीय किसानलाई एक हजार ५०० बराबरकोलागत साझेदारी गर्ने भएको छ ।

किसानले प्रति टनेलमा एक हजार ५०० अनुदान पाउने व्यवस्था गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए। नगरपालिकाले निश्चित मापदण्ड बनाएर टनेलका लागि आवेदन मागसमेत गरेको छ ।

नयाँ कार्यक्रम भएकाले एक सूचना जारी गर्दै ३० दिनभित्र सूचना दिन माग गरेको हो । त्यसैगरी नगरपालिकाले ‘एक वडा एक पशु फार्म’ र यसका लागि आवेदन माग गरेको छ । प्रत्येक वडालाई कृषि, पशु, घरेलु उद्योगमा सक्रिय बनाउने उद्देश्यले अनुदानमा आधारित कार्यक्रमलाई जोड दिइएको उनले जानकारी दिए ।

कार्यक्रमबाट आर्थिक अभावमा लगानी गर्न नसकेर बेरोजगार बनेका र विदेशवाट फर्किएका युवायुवती प्रत्यक्ष रुपमा लाभान्विन हुने नगरपालिकाको विश्वास रहेको छ । नगरपालिकाले कृषि फार्म सञ्चालन गर्न इच्छुक किसान तथा पशु फार्म सञ्चालन गर्न इच्छुक किसानबाट आवेदन माग गरेको हो । फार्मका लागि यस वर्ष १० लाख विनियोजन भएको छ भने कृषि फार्मका लागि पनि १० लाख विनियोजन भएको छ ।

नगरपालिकाले हरेक फार्मका लागि ५० प्रतिशतसम्म लागत साझेदारी गर्ने जनाएको छ । फार्म सञ्चालन गर्नका लागि नगरपालिकाले निर्धारण गरेअनुसारको क्षेत्रफल वा सङ्ख्या अनुसारको पशुपालन गर्नुपर्ने छ । यसमा किसान समूह, कृषि सहकारी र निजी फार्मसमेत सहभागी हुनेसक्ने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.