www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभा विघटन : के भन्छन् गण्डकी प्रदेशका नेताहरु ?

पोखरा
ताण्डव न्यूज ।

प्रतिननिधिसभा विघटन पछि गण्डकी प्रदेशका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रैबाट घेराबन्दीमा परेर जनहितका काम गर्न नपाएपछि ताजा जनादेशमा जानुपरेको बताए ।  ताण्डव न्यूजसंग कुराकानी गर्दै नेकपा गण्डकी ईन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले कम्यूनिष्ट सिद्धान्तमा जनता जनार्दन भएको भन्दै ताजा जनादेशमा जान प्रधानमन्त्रीले चालेको कदम अन्तिम विकल्प भएको प्रतिक्रिया दिए । जनताको आशा र भरोसा बोकेर सरकारमा गएपनि पार्टीभित्रको झगडाकै कारण ओली सरकारले सोचेजस्तो काम गर्न नसकेको उनको भनाई थियो । जनताका अपेक्षा पूरा गर्नका लागि बैसाखमा आह्वान गरिएको निर्वाचनले पार्टी र नेताहरुको हैसियत थाहा हुने उनको भनाई थियो ।

Batas

यता नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले भने प्रधानमन्त्रीको कदमलाई चर्कौ शैलीमा विरोध गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले नितान्त अलोकतान्त्रिक कदम चालेको बताए । संविधान विपरितको निर्णय तुरुन्त खारेज हुनुपर्ने उनको भनाई छ । सार्वभौम मुलुकका राष्ट्रपतीको भूमिकाप्रति आँफू निकै दुखित भएको भन्दै नेता पाण्डेले, जनयुद्धका शहिद तथा घाईते परिवारको सपनामाथि विघटनको निर्णयले कुठाराघात गरेको बताए । प्रधानमन्त्रीको उक्त कदमलाई सर्वोचचले अन्तिम फैसला गर्ने एउटा विकल्प बाँकी रहेको भन्दै नेता पाण्डेले पार्टीको केन्द्रिय कमिटी बैठकपछि थप संघर्षका कार्यक्रम गरिने बताए ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले प्रधानमन्त्रीको कदमबाट राष्ट्रपती समेत विबादमा परेको बताए । प्रधानमन्त्रीको हठका कारण गैर संबैधानिक निर्णय भएको नेता शर्माको भनाई छ । जनताले दुई तिहाई बहुमत दिएर सत्तामा पु¥यएपनि ओलीले त्यसको अपमान गरेको उनको धारणा छ । प्रधानमन्त्रीको यो कदमबाट सरकारको नैतिकता नै धरापमा परेको भन्दै कोरोना महामारीका बेला जनताका आवस्यकतासंग एकाकार हुनुपर्ने बेला चुनावको घोषणा गरेर उल्टो बाटो हिँडेको नेता शर्माले बताए । अब संविधानको रक्षाका लागि काँग्रेस एक ढिक्का भएर अघि बढ्ने भन्दै उनले समाजबाट र प्रजातन्त्रको सिद्धान्त विपरित कसैसंग सम्झौता नगर्ने बताए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले आईतबार प्रतिनिधि सभा विघटन गरेकी थिईन् । प्रतिनिधिसभा विघटनसंगै आउँदो बैसाख १७ र २७ गते मध्यावदी निर्वाचन गर्ने भनिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.