www.tandavnews.com
Fact ~ In search of truth

पीएन अगाडी एकाबिहानै तनाव, प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज एका बिहानै तनाव सिर्जना भएको छ । युवाहरुले बिहानै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पृथ्वीनारायण क्याम्पस गेट अगाडि नाराजुलुस सुरु गरेका छन् ।

ओलीले संसद विघटन गरि चालेको कदमविरुद्ध अनेरास्ववियु, अखिल क्रान्तिकारी,समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँको भातृ विद्यार्थी लगायतका विद्यार्थी युनियनले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका हुन।

Batas

प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीले ‘केपी तेरो पाराले, दुख पायो साराले’, ‘केपी चोर, देश छोड’ लगायतका नारा लगाएका छन् ।विद्यार्थी युनियनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । हिजो मात्रै उनीहरुले महेन्द्रपुलमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.