www.tandavnews.com
Fact ~ In search of truth

केन्द्रिय कमिटी सदस्यको भागवण्डामा दुई अध्यक्षको जोडतोड

काठमाडौँ
ताण्डव न्यूज ।

पार्टी फुटको संघारमा पुगेका बेला नेकपाका दुई अध्यक्षहरु केन्द्रिय कमिटि सदस्यको भागवण्डामा जोडतोडका साथ लागेका छन् ।

प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आफ्नो पक्षमा बढीभन्दा बढी केन्द्रीय समिति सदस्यहरू फकाउनमा व्यस्त छन् ।  दुवै पक्षले आजका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् । ओलीले पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे केन्द्रीय समिति बैठक बोलाएको भएपनि अहिलेसम्म सुरु भएको छैन । भने दाहाल(नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने तय गरेको छ ।

Batas

प्रचण्डलाई पुष १ मै कारवाही !

यसैबीच प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गएको पुस १ मै अनुशासनको कारबाही गरेको खुलासा भएको छ । त्यसको जानकारीसहितको पत्र सोही दिन निर्वाचन आयोगमा पुगेको पनि ओली निकट श्रोतले जनाएको छ । ‘प्रचण्डलाई अनुशासनको कारबाही गरेको पत्र पहिल्यै पठाइसकिएको छ,’ ओलीनिकट एक केन्द्रीय सदस्यले बताए ।

सरकारले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेकपा विभाजनको संघारमा पुगेको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.