www.tandavnews.com
Fact ~ In search of truth

पुस १० गते पोखरामा कुन फिल्म चल्छ ?

पोखरा,
ताण्डव न्युज ।

कोभिडका कारण ९ महिना सिनेमा क्षेत्र थप्प रह्यो । प्रदर्शन हुने तयारी रहेका फिल्महरु कोभिडले गर्दा समयमै प्रदर्शन हुन पाएनन् । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सिनेमा छायांकन खुल्ला गरेपनि हल सञ्चालन गर्ने विषयमा केही खुलाएको छैन् । त्यै पनि हल सञ्चालकहरु फिल्म चलाउने तयारीमा छन् ।

सरकारले पूर्ण रुपमा अनुमति नदिएपनि हल व्यवसायीहरु भने पुस १० गते हल सञ्चालन गर्ने निर्णय गरेका छन् । तर उक्त दिन कुन फिल्म प्रदर्शन हुने भने टुंगो छैन् । मिड टाउन ग्यालरीजका सञ्चालक उत्तम द्धाले हल चल्ने नचल्ने पनि अन्यौल रहेको बताए । ‘हल खुलाएर मात्र भएन । नयाँ फिल्म पनि चाहियो,’ उनले भने, ‘नेपाली, हिन्दी नयाँ आएको छैन । पुरानै फिल्म प्रदर्शन हुनेछ ।’ उनका अनुसार मिडटाउनमा हिन्दी फिल्म ‘कुल्ली–१’ र नेपाली ‘सेन्टी भाइरस’ प्रदर्शन हुनेछ । हिन्दी फिल्म ‘कुल्ली–१ भने नेपालमा आउने नआउने फिक्स नभएको उनले सुनाए ।

Batas

उनले तत्काललाई विन्दवासिनी हल सञ्चालन नहुने बताए । ‘नेपाली नयाँ फिल्म आको छैन, आएपछि मात्र विन्दवासिनी हल सञ्चालन हुनेछ,’ उनले भने । मिडटाउनमा रहेका २ वटा हलमा ३ सो मात्र हुनेछ । स्वास्थ्य सुरक्षा मास्क, सेनिटाइजर प्रयोग गरेरै हल खुल्ने द्धावले बताए । ‘२ घण्टाको फरकमा फिल्म देखाइनेछ । फिल्म सकिएपछि हलभरी सेनिटाइजर छर्कनेछौं । त्यसको लागि मेशिन समेत ल्याएका छौ,’ उनले भने, ‘फिल्म हेर्ने दर्शकले एउटा सिट ग्याप गरेर बस्ने व्यवस्था मिलाउनेछौं ।’ हल सञ्चालन भएपनि दर्शक आउने नआउने फिक्स नभएको उनी बताउँछन् । ‘दर्शक पनि त्यति आउला जस्तो लाग्दैन्,’ उनले भने, ‘जेजति दर्शक आएपनि टिकट दर भने पहिलाकै हुनेछ ।’

क्युएफएक्स पोखरा सिनेप्लेक्सका म्यानेजर राजेन्द्र पुरी हल सञ्चालन भएपनि कुन फिल्म चलाउने फाइनल नभएको बताए । ‘अहिले हल सेटअप गर्दैछौं । पुस १० गतेदेखि खुल्ने कुरा आको छ । तर, कुन फिल्म प्रदर्शन हुन्छ भन्ने फाइनल भएको छैन्,’ उनले भने, ‘फिल्मको बारेमा एकदुई दिनमा कन्फम होला ।’ तर, उनले पुस १० गते पुरानै फिल्म भएपनि एक शो सञ्चालन गर्ने तयारी गरेको सुनाए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.