www.tandavnews.com
Fact ~ In search of truth

ओली पक्षको निर्णयः महाधिवेशन आउँदो मंसिरमा

काठमाडौँ,
ताण्डव न्यूज ।

आगामी २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गर्ने नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

बैठकपछि जानकारी दिँदै ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने जानकारी दिए ।

Batas

बैठकमा अध्यक्ष ओलीले उक्त मिति प्रस्ताव गरेपछि अन्य सदस्यहरुले प्रस्ताव लाई अनुमोदन गरेका हुन् । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

आजकै बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक यहि पौष ९ गतेका लागि डाकिएको छ । त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.