www.tandavnews.com
Fact ~ In search of truth

थप एक संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु

मृतक तनहुँका ६४ वर्षीय पुरुष

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका –५ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हिजो साँझ उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेश कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।

Batas

साथै प्रदेशमा आज अहिले सम्म ४० संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्कीका ३३ जना, स्याङ्जाका ४ र तनहुँका ३ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.