www.tandavnews.com
Fact ~ In search of truth

सिरहा: नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि बम भेटियो

सिरहा ।

सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि मंगलबार बिहान प्रेसर कुकर बम फेला परेको छ ।

कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो झोलामा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्काल सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए ।

Batas

अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली त्यसतर्फ पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । कार्यालय बन्द रहेकाले कति बेला बम राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.