www.tandavnews.com
Fact ~ In search of truth

ओली पक्षले आयोगमा बुझायो केन्द्रीय कमिटी विस्तारको पत्र

काठमाण्डौ,
ताण्डव न्यूज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ । ११ सय ९९ जना केन्द्रीय कमिटी सदस्यको सूची ओली समूहले आयोगमा बुझाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

ओली समूहले मङ्गलबार मात्रै बालुवाटारमा भेला गरेर केन्द्रीय कमिटीका सदस्य थपको निर्णय गरेको थियो । तर निर्वाचन आयोगमा भने सोमबारको मिति राखेर पत्र गएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.