www.tandavnews.com
Fact ~ In search of truth

महिनावारी रकम लिएर घुमुवा प्रहरीबाटै तस्करी

वीरगञ्ज ।

नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बलले उनीहरूलाई फिर्ता बोलाएको छ।

प्रदेश नं २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकाको थियो। उनीहरूले तस्करसँग मिलेर आचरण विपरीत काम गरेपछि बर्दिवासस्थित मुख्यालयमा तानिएको प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए। उनीहरूलाई अब भीड नियन्त्रणको तालिम दिएर भीड नियन्त्रणमा खटाइने छ।

Batas

सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा घुमुवाहरूलाई कारबाही गरिएको गौतमको भनाइ छ। सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप चोरी, तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरूसँग समन्वय गरिएको बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.