www.tandavnews.com
Fact ~ In search of truth

वामदेव र बादल तेश्रो समूहको तयारीमा

काठमाडौँ,
ताण्डव न्यूज ।

कुनैपनि गुटमा सामेल नभएका नेकपाका दुई नेता वामदेव गौतम र रामबहादुर थापा बादल तेस्रो समूहको तयारीमा जुटेका छन् ।

नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरिरहँदा दुई नेताहरुको यो तयारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भैँसेपाटीस्थित वामदेव गौतमको निवासमा मंगलबार दिउँसो गौतम र बादलले तेस्रो समूह बनाउने बारे छलफल गरे ।

Batas

ओली र प्रचण्ड–माधव समूहले छुट्टाछुट्टै भेला गरिरहेपनि गौतम र बादल भने दुबै भेलामा उपस्थित भएका छैनन् । तर पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान बादललाई सरकारी निवासमा पुगेर भेटेका थिए । साथै बादललाई उनी निकटका एक दर्जन बढी नेता तथा कार्यकर्ताहरुले भेटेरै ओलीसँग नबस्न आग्रह गरेका थिए ।

गौतमले भने दुबै भेलाले पार्टी फुटाउने घोषणा गर्ने भएकाले आफू नेकपा विभाजनको पक्षमा नरहेको भन्दै आएका छन् । यस्तैमा मंगलबार दिउँसो अचानक गौतम र बादलले छुट्टै समूहबारे छलफल गरेको गौतम निकट नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.