www.tandavnews.com
Fact ~ In search of truth

सिआइबीको प्रहरी भन्दै ताण्डव न्यूजलाई धम्की

पोखरा
ताण्डव न्यूज ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को प्रहरी भन्दै एक अज्ञात व्यक्तिले ताण्डव न्यूजलाई धम्की दिएको छ ।

‘सच्चाई भजन मण्डली नाइके प्रकाशको कालो रुप’ : महिलामाथी हातपात, सेक्स प्रस्ताव ! प्रकाशित समाचारको विषयलाई लिएर ति अज्ञात व्यक्तिले ९८४०९०६९९९ नम्बरबाट फोन गरेर धम्की दिएको सम्पादक अर्जुन गिरीले बताए । ‘यस्ता धम्कीहरु कति आए कति गए, हाम्रो काम तथ्य र प्रमाणको आधारमा समाचार लेख्ने हो,’ सम्पादक गिरीले भने, ‘यस्ता कुरालाई बेवास्ता गरेपनि हुने हो, तर अहिले केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी भन्दै नाम जोडेर धम्की दिएपछि हामी कडा रुपमा कानुनी प्रक्रियामा जाने छौँ ।’

Batas

अज्ञात व्यक्तिले ताण्डव न्यूजका पत्रकारलाई फोन मार्फत धम्की दिएको सम्पादक गिरीले बताए । ‘सुरुमा मेरो संवाददातालाई फोन गरेर अफिसमा केटाहरु पठाइदिन्छु भन्दै धम्की दिए,’ गिरीले भने, ‘त्यसपछि मसँगको फोन कुराकानीमा सिआइबीको प्रहरी भन्दै धम्कायो, जुन प्रमाण हामीसँग सुरक्षित छ ।’

यस विषयमा ताण्डव न्यूजले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठ र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरालाई समेत जानकारी गराएको छ ।

सम्बन्धीत न्यूज

‘सच्चाई भजन मण्डली नाइके प्रकाशको कालो रुप’ : महिलामाथी हातपात, सेक्स प्रस्ताव !

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.