www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि आज सुनुवाई हुँदै

काठमाडौं,
ताण्डव न्यूज ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।

विघटनविरुद्धका परेका एक दर्जन निवेदनहरुको सुनुवाइका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन समेत गरिसकेको छ ।

Batas

नेकपाका चार सांसदसहित विभिन्न व्यक्तिले दायर गरेका १३ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले केही विकल्पहरु प्रयोग गर्नसक्छ । विघटनको निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरकालीन वा अन्तरिम आदेश हुनसक्छ भने कारण देखाउ आदेशमात्रै जारी गरेर सबै निवेदनहरुलाई ठूलो आकारको इजलासमा पेस गर्नु भनी आदेश पनि गर्नसक्छ ।

एउटा रिटको भने संवैधानिक इजलासमा सुनवाई हुनेछ । त्यसको पेशी शुक्रबारका लागि तोकिएको प्रवक्ता पोखरेलले बताए ।

हिजो नेकपा सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनको निर्णयले ५ वर्षसम्म प्रतिनिधित्व गर्ने हकबाट बञ्चित भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाइ रिट दर्ता गरेका थियो । यो मुद्दाको पनि प्रधानन्यायाधीशको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश जबरा बुधबार २ बजे नै महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन कार्यक्रममा जाने समयतालिका छ । त्यसका लागि कि त उनले सुनुवाइ २ बजेअघि नै टुंग्याउनुपर्छ कि उनी कार्यक्रममा सरिक हुने योजना रद्द गर्नुपर्छ ।

सरकारको निर्णयको कानुनी प्रतिरक्षा गर्ने महान्यायाधीवक्ता र सरकारी वकिलहरुले सर्वोच्च अदालतबाट सूचना गएपछि मात्रै मुद्दाको सुनुवाइमा सहभागी हुनेछन् । कहिलेकाहीँ भने यी विषयलाई आफूले नोटिसमा लिएर पनि सहभागी हुन सक्छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.