www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाका कारण टोकियो ओलम्पिकको आधिकारिक खर्च २२ प्रतिशतले बढ्ने

पोखरा,
ताण्डव न्यूज ।

टोकियो ओलम्पिकको आधिकारिक खर्चमा २२ प्रतिशतले वृद्धि हुने भएको छ । स्थानीय आयोजक समितिले नयाँ बजेट जारी गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत् समितिले ओलम्पिकआयोजनामा १५ अर्ब ४० करोड डलर खर्च हुने जनाएको छ ।

पछिल्लो वर्ष ओलम्पिकआयोजनाको खर्च १२ अर्ब ६० करोड रहेको थियो ।प्रतियोगिता एक वर्ष ढिला सुरु हुदाँ बजेटमा दुई अर्ब ८० करोड डलर लागत बढेको हो । नयाँ सम्झौता अनुसार अघि बढ्नुपर्ने र कोरोना महामारीका कारण खर्चमा वृद्धि भएको बताईएको छ ।ओलम्पिकको आयोजना सन् २०२१ को जुलाई २३ मा हुनेछ । पारा ओलम्पिक अगष्ट २४ बाट सुरु हुनेछ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.