www.tandavnews.com
Fact ~ In search of truth

बबरमहल बैठबाट संसदीय दलकाे नेता चुनिएपछि प्रचण्डले भने , ‘संसद ब्यूँताउँछु’

काठमाडौँ
ताण्डव न्यूज ।

मंगलबार बसेको बबरमहल बैठकबाट नेकपाको संसदीय दलको नेता बनेपछि पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्थापनामा ध्यान दिने बताएका छन् ।  उनले जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन अहिलेको आवस्यकता भएको दावी गरे । संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गरेर संसद पुनस्थापना गर्ने बताए । आफूले ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको उनको भनाई छ ।

“नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा मैले प्रयत्न गर्नेछु,’ प्रचण्डले भने, मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।’

Batas

मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको दाहाल(नेपाल समूहले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाएको हो । मंगलबार अध्यक्ष चयन भएका माधव नेपालको प्रस्तावमा दाहाललाई दलको नेता बनाइएको हो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ’आइ एम द स्टेट’ भन्ने प्रवृत्तिका कारण संसदको दुईतिहाई बहुमत जोगाउन नसकेको पनि बताए । सांसदहरुलाई सम्बोधन गर्दै दाहालले जनताले ठूलो अवसर दिए पनि त्यसलाई जोगाउन नसकिएको बताए । ’जनताले ठूलो अवसर दिएका थिए । तर गल्ती स्वीकार्न नसक्ने, आइ एम द स्टेट भन्ने धारणाबाट चल्दा दुईतिहाइ जोगाउन सकेनौं । हामी फेरि संसदलाई स्थापित गर्ने, नयाँ सरकार गठन गर्ने हाम्रो प्रतिबद्धता छ । सडक, कानुनी माध्यम, सहयात्री दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यमा हामी अगाडि बढ्छौं ।’

उनले संसदीय दल र केन्द्रीय समितका निर्णयहरु निर्वाचन आयोगमा पठाइएको पनि बताए । ’हिजोको झन्डै ७० ५ केन्द्रीय सदस्यसम्म आउँदा र संसदीय दलको बैठकसम्म आउँदा देशको सबैभन्दा ठूलो दल हामी छौं, दाहालले भने, ’केही माननीय आउन बाँकी छ । ९३ जना प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर गर्नुभएको छ र केहीले यहाँ आउने प्रतिबद्धता दिनुभको छ । हामी प्रतिनिधिसभामा ९५ भन्दा बढी हुन्छौं ।’ प्रचण्डले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.