www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीकाे विराेधमा बयलगाडा सरर … (१३ फोटो)

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा (प्रतिनिधि सभा) संसद विघटन भएसँगै पोखरामा विद्यार्थी नेताहरुले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।

दैनिक विरोध कार्यक्रम अनुरुप आज (बुधबार) पनि नेपाल कम्युनिष्ट पार्टीकै भातृ विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले ‘ढुकुरे जोडी’ संज्ञा दिईएको ओली र भण्डारीको रहरलाई प्रतिविम्बित गर्दै बयलगाडामा सयर गरी प्रदर्शन गरेका हुन् ।

Batas

पोखरा महानगरपालिका ९ नयांबजार क्षेत्रबाट प्रतिबिम्वित बयलगाडालाई महेन्द्रपुल ल्याउने क्रममा कास्की प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप भएसँगै प्रदर्शनकारीका अर्का समुहले ५० मिटर माथी ओली र भण्डारीको पुत्ला दहन गरेका थिए । यो सँगै पोखरामा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पाँचौ पटक पुत्ला दहन गरिएको छ ।

हस्तक्षेप पश्चात प्रशर्दनकारीहरुले ओलीको विरुद्धमा ‘केपी चोर देश छोड, केपी ओली मुर्दावाद, ‘आर्यघाटले के भन्छ केपी ओली ल्या भन्छ’ ‘केपी तेरो पाराले दुख पाए साराले’ लगायतका नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले संसद विघटन मान्य नहुने भन्दै निरन्तर सडक तताउने उद्घोष गरेका थिए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.