www.tandavnews.com
Fact ~ In search of truth

नेकपाका दुबै समूहको छुट्टाछुट्टै केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं
ताण्डव न्यूज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र माधव–प्रचण्ड समूहको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक साढे ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने जनाईएको छ । यसअघि मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो। बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको हो। १ सय ९६ जना थप्न बाँकी रहेको छन्।

Batas

यस्तै, प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेका थिए । आजको केन्द्रीय कमिटी बैठकले दुई अध्यक्षको वरीयता तोक्ने, महासचिव पदको टुंगो लगाउने स्रोतले जनाएको छ । उक्त समूहमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल महासचिवका आकांक्षी देखिएका छन्।

प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेका थिए।  पार्टी औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले पदाधिकारी चयन, संगठन विस्तार, भेला र प्रशिक्षणलाई तीव्रता दिएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.