www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९०

पोखरा,
तण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

पोखरामा उपचाररत संक्रमितको हिजो साँझ मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
मृत्यु हुनेमा तनहुँ म्याग्दे गाउँपालिका –५का ७३ वर्षीय पुरुष रहेका छन् । उनको हिजो साँझ ५ बजेर २० मिनेटको समयमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । उनमा हिजै कारोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै अर्का मृतक स्याङ्जाका रहेका छन । फेदीखोला गाउँपालिका –१का ७४ वर्षीया महिलाको हिजो साँझ ८ बजेर २९ मिनेटको समयमा क्षेत्रीय अस्पताल पोखरामै मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.