www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप एक संक्रमितको मृत्यु ,आज ५७ संक्रमित थपिए

पोखरा,
तण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ ।

पोखरामा उपचाररत तनहँकी एक संक्रमित महिलाको आज दिउँसो मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृत्यु हुनेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका –५ का ७१ वर्षीय संक्रमित पुरुष रहेका छन् । उनको आज दिउँसो १ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा पुस ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै आज मात्रै गण्डकी प्रदेशमा ३ संक्रमितको मृत्यु भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।

आज गण्डकी प्रदेशमा ५७ संक्रमित थपिएका छन । २४ घण्टामा प्रदेशमा ३२६ जनाको नमुना परीक्षण भएको छ । आज थपिएका संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १४ हजार २ सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये हाल सम्म १२ हजार २ सय ५६ संक्रमित निको भएका छन् । आज मात्रै ५२ संक्रमित निको भएका छन् ।

हाल १ हजार ६१५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । १ हजार ७९५ जना सक्रिय संक्रमित रहेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म १ लाख १८ हजार ७ सय ३५ जनाको कोरोना परीक्षण भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.