www.tandavnews.com
Fact ~ In search of truth

पोखराका यी क्षेत्रमा आज र भोली विद्युत आपूर्ति बन्द हुने

पोखरा,
तण्डव न्यूज ।

पोखराका केही क्षेत्रमा आज पौष १० र भोली ११ गने विद्युत आपूर्ति बन्द रहने भएको छ ।

विन्दवासिनी देखि हरिचोक सम्म सडक खण्डको किनारामा रहेका विद्युत संरचना स्थानान्तरण गर्न लागिएकाले बिजुली नआउने भएको मालेपाटन वितरण केन्द्रले सुचना जारी गरेको छ ।

Batas

सुचनामा सराङकोट फिडर अन्तर्गत मालेपाटन, प्रस्याङ्ग, बागलुङ बसपार्क, विन्दवासिनी ,हरिचोक, सिमपानी, लामागाउँ लगायतका क्षेत्रमा आज बिहान १० बजे देखि आज बेलुका ४ बजेसम्म र भोली बिहान १० देखि बेलुका ४ बजे सम्म विजुली आपूर्ति बन्द रहने जनाइएको छ ।

मर्मत कार्य तोकिएको समय अगावै सकिएमा विद्युत आपूर्ति नियमित सुचारु हुने वितरण केन्द्रले जनाएको छ । विद्युत आपूर्तिबाट ग्राहकमा पर्न गएको असुविधा प्रति नेपाल विद्युत प्रधिकरण अन्तर्गत मालेपाटन वितरण केन्द्रले क्षमा याचना गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.