www.tandavnews.com
Fact ~ In search of truth

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षमा कोइरालाको पुनःउम्मेदवारी घोषणा

पोखरा ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा संजीवबहादुर कोइरालाले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको गण्डकी प्रदेशको दोस्रो महाधिवेशन यही पुस ११ गते शनिबार पोखरामा हुँदैछ । शनिबार नै मनोनयन दर्ता तथा मतदान हुनेछ । कोइराला पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् भने उनी महासंघ प्रदेशको संस्थापक अध्यक्षसमेत हुन् ।

Batas

प्रदेश अन्तर्गत जिल्ला नगर संघहरु २० वटा सदस्य रहेकामा १६ वटाले मतदानमा भाग लिन पाउनेछन् । वस्तुगतमा ४ सदस्य मध्ये ३ जनाले भाग लिनेछन् भने एसोसिएट सदस्यमा ३७ मध्ये ३५ जनाले मतदानमा भाग लिनेछन् । महासंघ प्रदेशको उपाध्यक्ष पदका लागि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले पनि अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.