www.tandavnews.com
Fact ~ In search of truth

शिशिर ऋतुमा तीन आरोही समूह

काठमाडौं ।
शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका अनुसार शिशिर ऋतुका लागि अमादब्लम (६,८१४ मिटर), लुजा पिक (५७२६ मिटर)र काङ्गेरी–२ (६५०६ मिटर)चढ्न आरोहण अनुमति जारी भएको छ ।

अमादब्लम हिमाल आरोहणका लागि चार, लुजा पिक चढ्न तीन र काङ्गेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् । तीनवटै हिमालबाट ९३ हजार २९० रोयल्टी जम्मा भएको छ ।

Batas

सन् २०१९ को शिशिर ऋतुमा आठ आरोही समूहका ३६ जना अरोही पुरुष मात्र) सदस्य थिए । उनीहरुबाट २१ लाख २५ हजार रोयल्टी उठेको थियो । यो वर्ष जाडो याम भर्खरै शुरु भएकाले साना हिमाल र पिक आरोहणमा आरोही बढ्नसक्ने विभागको भनाइ छ ।

कोभिड–१९ महामारीबीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो । यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १२ आरोही समूहका नौ महिला र ६८ पुरुषसहित आरोही सदस्य थिए ।

शरद ऋतुमा ४० लाख ६३ हजार रोयल्टी जम्मा भएको थियो । सन् २०१९ को शरद ऋतुमा १६४ आरोही समूहका २५७ महिला र ९५३ पुरुष गरी एक हजार २०० आरोही सदस्य थिए । उक्त याममा पाँच करोड ५७ लाख ८३ हजार रोयल्टी उठेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.