www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : प्रधानमन्त्रीको पक्षमा युवा संघको र्‍याली, नेताहरु भन्छन् ‘जनताको म्यान्डेड अनुसार काम गर्न नदिएपछि निर्वाचनको बाटो’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको म्यान्डेड अनुसार काम गर्न नदिइएकोले ताजा जनमतका लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुपरेको बताए । ‘बहुमतप्राप्त प्रधानमन्त्रीलाई जनताले दिएको म्यान्डेड अनुसार काम गर्न दिइएन । संसदीय दलको नेतालाई थाहै नदिई, जानकारी नदिई अविश्वासको प्रस्ताव ल्याउने जस्तो कुरा भयो’उनले भने‘जनमतको अपमान गर्ने यस्तो परिपार्टीलाई अन्त्य गर्नकै लागि यो कदम चाल्नुपर्यो ।’

शुक्रबार पोखरामा आयोजित युवा संघ नेपाल गण्डकी प्रदेशको सभामा बोल्दै मुख्यमन्त्री गुरुङले संसद अब कुनै पनि हालतमा पुनः स्थापना नहुने समेत जनाए । ‘सर्वोच्चमा मुद्धा चलिरहेको छ, तर कुनै हालतमा संस्द पुनःस्थापना हुँदैन’ उनले भने ।

Batas

भेलालाई सम्बोधन गर्दै नेकपा ओली समुहका नेता खगराज अधिकारीले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री केपि शर्मा ओलीको लोकप्रियतासंग डराएको बताए । सदियौँदेखि आफ्नो देशको नक्सामा अटाउन नसकेको नेपाली भूभाग ओली सरकारले नै फिर्ता गरेपछि भारतीय दलाल नेताहरुले ओली विरुद्ध मोर्चाबन्दी गरेको उनको भनाई थियो ।  उनले दहाल– नेपाल समूहले थालेको आन्दोलन विदेशी शक्तिको आडमा भएको आरोप लगाए । दुई तिहाई बहुमतको प्रधानमन्त्रीले नै ताजा जनमतका लागि चुनावमा जानुपर्ने भनिसकेपछि संसदलाई पुनः व्यूँताउँने प्रयास असफल हुने नेता अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर मुलुकमा अस्थिरता निम्त्याउन खोजिएकै कारण प्रधानमन्त्रीले बाध्यकारी कदल चाल्नुपरेको उनले जिकिर गरे । दहाल नेपालले थप कदम उठाएमा प्रदेश सरकारको चुनाव समेत गर्ने गरी सरकार अघि बढ्ने संकेत गरे । उनले भने “यस्तै अस्थिरता निम्त्याउन खोज्ने हो भने, आम चुनाव सहित प्रदेशका सबै चुनावहरु गरेर एकैचोटी नयाँ फेस ल्याउन हामी तयार छौं ।’

भेलालाई सम्बोधन गर्दै नेकपा ओली पक्षका यूवा नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपाललाई सडकछापको संज्ञा दिए ।  पार्टीले हिजोमात्र कारवाही गरेका नेताहरु आज सडकमा आएको भन्दै नेता बस्नेतले २ वर्षपछि राष्ट्रपति बन्ने बाटो छोडेर सडकमा गएको भन्दै झलनाथ खनालको कटाक्ष गरे । प्रचण्ड–नेपाल समुहले सूर्य चिन्ह कुनै हालतमा पाउान नसक्ने उनको दावी छ । अहिले ओली समूहको पार्टी मात्रै मूल धारको नेकपा भएको भन्दै जनआन्दोलनका मर्म र भावनाहरु केपि ओलीले मात्र बुझेको उनको दावी छ ।

प्रचण्ड–नेपाल समुहले उच्छृङ्खल तरिकाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएको उनको आरोप थियो ।  सडकमा पनि जाने, चुनाव चिन्ह पनि दावी गर्ने र निर्वाचनमा पनि जान्नौँ भन्ने दहाल नेपाल पक्षको द्वैध चरित्र देखिएको उनले बताए । उनले विकासका काम ओली सरकारले बाहेक अरुले गर्न नसक्ने दावी समेत गरे ।

भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले माधव नेपाल र पुष्पकमल दाहालले झुठो खेती गरेको आरोप लगाए ।  माइतीघर मण्डलामा प्रचण्ड–नेपाल पक्षले सुरु गरेको आन्दोलनलाई नाटक मञ्चनको संज्ञा दिएका छन् । माधव कुमार नेपाल पदलोलुप नेता भएको आरोप लगाउँदै कुण्ठाको राजनीति नगर्न उनले आग्रह गरे । प्रचण्ड र नेपाल नाटक मञ्चनका लागि सडकमा आएको भन्दै उनले सडकमा मात्र होईन दुबै नेतालाई जनताले जेलमा कोच्ने चेतावनी दिए । तत्कालिन १५ वर्ष नेकपाको अध्यक्ष बनेको अवस्थामा माधव नेपालले पार्टीका नेतालाई कहिल्यै शीर ठाडो बनाउने गरी काम गर्न नसकेको उनको आरोप थियो ।

सोही भेलामा बोल्दै गण्डकी प्रदेशका सांसद तथा राजीव पहारीले गण्डकी प्रदेश लगायत देशैभरी ओली सरकारले नै विकासको लहर ल्याएको दावी गरे । आगामी निर्वाचनमा पनि ओली नेतृत्वमा नै चुनावमा होमिएर समृद्धिको सपना पूरा गर्ने उनको विश्वास थियो । ३० वर्षसम्म पार्टीको नेतृत्वमा रहेकाहरु अहिले बहकाउमा लागेर भड्कीएको उनले बताए । प्रचण्ड–नेपाल समुह बाटो बिराएर सडकमा आएको उनको भनाई थियो ।

समाजवादको सपना पूरा गर्ने कार्यभार बोकेको सरकारलाई काम गर्न नदिएको परिणाम देश र जनताले भोग्नुपरेको भन्दै उनले दुःख व्यक्त गरे । पार्टीभित्रबाट नै काम गर्न नदिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक तथा विकास निर्माणका कायहरु अगाडि बढाएको उनको दावी थियो ।

भेलालाई यूवा संघका केन्द्रिय सहसंयोजक बच्चन सिंह, नेताहरु रमेश पौडेल, किरण पौडेल, माधव बास्तोला लगायतले पनि ओली सरकारले चालेको कदमको स्वागत गर्दै निर्वाचनमा जानुको विकल्प नभएको बताए ।  सभा सुरु हुनुअघि पोखराको अम्मरसिंहदेखि सभागृह सम्म मोटरसाईकल ¥याली निकालिएको थियो । गण्डकी प्रदेशमा रहेका नवलपुर बाहेक बाँकी १० जिल्लाका यूवा नेता तथा कार्यकर्ताहरु भेलामा सहभागी थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.