www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो

तनहुँ ।

घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशै दोस्रो बन्न सफल भएको छ । कार्य कुशलता र राजश्व सङ्कलनमा कास्कीपछिको तनहुँ जिल्ला दोस्रो स्थानमा रहेको सो कार्यालयले जनाएको छ ।

पछिल्लो समय फर्म दर्ता गर्नेको सङ्ख्या दैनिक बढ्दै गएका छन् । दैनिक भीड बढेसँगै पालो पाउन सकस हुने गरेको सेवाग्राहीहरु बताउँछन् । एक दिनमा सकिने काम भीडका कारण तीन दिनसम्म धाउनु परेको व्यास नगरपालिका–१ का कविता नेपालीले बताइन् ।

Batas

चालू आर्थिक बर्षको साउनदेखि यता उद्योग र वाणिज्य गरी एक हजार ४१५ उद्योग दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९१५ र वाणिज्यतर्फ ५०० उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । उद्योग दर्ता गर्ने बढेसँगै साउनदेखि उद्योग र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु ४० लाख राजश्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा एक हजार १३४ उद्योग दर्ता हुँदा रु ८५ लाख १९ हजार ७७५, आव ०७६/७७ मा एक हजार २७६ उद्योग दर्ता हुँदा रु ५० लाख ४६ हजार ३०० र आव ०७७/७८ मा ९१५ उद्योग दर्ता हुँदा रु २३ लाख ४० हजार ६७५ राजश्व सङ्कलन भएको उद्योग प्रशासन शाखाप्रमुख मेनका रिमालले जानकारी दिइन्।

महिलाहरुको नाउँमा दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था रहेपछि महिलाको नाउँमा उद्योग दर्ता गर्नेहरुको सङ्ख्या बढी रहेको उनले बताइन् । पुरुषका नाउँमा दर्ता भएका उद्योगहरु पनि पछिल्लो समय महिलाको नाउँमा नामसारी गर्न थालेका छन् । उनले भनिन् , “राज्यबाट प्रदान गरिने अनुदान र बैकबाट कर्जा लिने व्यवस्था भएपछि महिलाको नाउँमा उद्योग दर्ता गर्ने बढेका हुन् ।” उनका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाको नाउँमा उद्योग दर्ता भएका छन् ।

त्यसैगरी वाणिज्यतर्फ आव ०७५/७६ मा ७३५ उद्योग दर्ता हुँदा रु ७० लाख ७३ हजार ७८०, आव ०७६/७७ मा एक हजार ८१४ दर्ता हुँदा रु ५४ लाख नौ हजार २७६ र आव ०७७÷७८ मा ६२७ दर्ता हुँदा रु १६ लाख ५९ हजार ३२५ राजश्व सङ्कलन भएको वाणिज्य प्रशासन शाखाप्रमुख रबि अधिकारीले बताए ।

गत आवमा रु एक करोड पाँच लाख राजश्व सङ्कलन भएको थियो । गत वर्ष कोरोना कारण तीन महिना बस नचलेपछि करीब नौ महिना मात्रै कार्यालय खुलेका कारण राजश्वमा सोचेअनुरुप सङ्कलन गर्न नसकिएको कार्यालयप्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

राज्यको संयन्त्रमा आएर कर तिर्ने, बैंकिङ कारोबार गर्न सहज हुने र पछिल्लो समय आमनागरिकहरुमा चेतना वृद्धि हँुदै गएका कारण दर्ता प्रक्रियामा लाग्ने गरेको उनले बताए ।

कार्यालयका अनुसार दैनिक भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई÷तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ । आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजातहरु कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालयप्रमुख ढकालले जानकारी दिए । अझै सोचेअनुरुप व्यवसायी दर्ता हुन सकेको छैन । उनले भने , “ठाउँठाउँमा गएर दर्ताका बारेमा जानकारी गराउन सके केही वृद्धि गर्न सकिने थियो, कार्यालयमा कर्मचारीको जनशक्ति कमी छ ।”

(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.