www.tandavnews.com
Fact ~ In search of truth

वल्र्डलिङ्को रक्तदानमा ‘६३ युनिट’ संकलन

पोखरा,
ताण्डव न्यूज ।

वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ ।

पोखरा महानगरपालिका १० अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हिजो (शनिबार) सम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको हो ।

Batas

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका वडा नं.१० का अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता बिनोद केसीलाई ब्लडब्याग हस्तान्तर गरेर कार्यक्रमको उद्घघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले लकडाउनको समयमा पनि ईन्टरनेटको सेवासँगै सामाजिक भाव राख्दै रक्तदानको आयोजना गरेको भन्दै प्रशंसा गरे । उनले कोभिड–१९ कोरोना भाईरसको महामारीको समयमा रगतको अभाव भएको अवस्थामा वल्र्डलिङ्कको रक्तदान कार्यकमबाट संकलित युुनिटले थप टेवा पुग्ने धारणा राखे । गुरुङले नीजि संस्था वल्र्डलिङ्कले गरेको उदाहरणीय कार्यको अन्य संघ–संस्थाले समेत अनुकरण गर्नुपर्ने बताएका थिए ।

त्यस्तै गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक युशफ श्रेष्ठले आधुनिक प्रविधि तथा ईन्टरनेटको सेवा सुविधासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले गत वर्ष देखी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।

‘हामीले गत वर्ष देखी सेवा सँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य सहित रक्तदानको आयोजना गर्दै आएका छौ, उनले भने, यस वर्ष झन यस्तो कोरोनाको महामारी छ । रगतको अभाव भएको भन्ने छ त्यसैले हाम्रो कार्यक्रमबाट संकलित युनिटले केही सघाउ पुग्नेमा विश्वस्त छौ ।’

अमरसिंह शाखाका प्रमुख विक्रम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बुद्ध बिकले गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.