www.tandavnews.com
Fact ~ In search of truth

‘हामी गर्न सक्छौं सहयोगी हातहरु’को अध्यक्षमा सुवास पौडेल

पोखरा,
ताण्डव न्यूज ।

हामी गर्न सक्छौं सहयोगी हातहरु नामक स्वयंसेवी संस्थाको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनबाट सुवास पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएका छन् ।अधिवेशनले उपाध्यक्षमा सुजन वस्ताकोटी, सचिव जिवन आचार्य सहसचिव दिपेश कोईराला, कोषाध्यक्ष मोनिका वराल र सह कोषाध्यक्ष सुस्मिता पौडेल लाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा अविरल अधिकारी, भरत के.सी., सन्दिप लामिछाने, संगिता के.सी. र अस्मिता सापकोटा चयन भए ।

Batas

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालका सस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले भौतिक विकाससंगै समाजमा स्वयंसेवी भावना कमी हुँदै गएको बताए ।

उनले आफ्ना नियमित खर्च कटौती गरी दीनदुःखीको सेवामा किशोर युवाहरु संलग्न हुनु अत्यन्त सह्रानीय भएको बताए । संस्था स्थापना गर्न सहज भएपनि निरन्तरता दिन कठिन हुने वताउँदै प्रसाईँले संस्थाका सदस्यहरुबीच भावनात्मक एकता कायम रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनिएन, पर्वतका आगामी अध्यक्ष उत्तम प्रसाद अधिकारीले सामाजिक अभियानका समाचारले मिडियामा प्राथमिकता पाउन नसकेको भन्दै राजनीतिमा बिकृति वढेसँगै सामाजिक गतिविधीलाई मिडियाले संवोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै ताण्डव न्यूजका सम्पादक एवं क्रियाशिल पत्रकार अर्जुन गिरीले संस्थामा आपसी खिचातानी गर्न नहुने बताए । उनले अग्रजलाई सम्मान र नयाँलाई मायाँ नभएसम्म सामाजिक संस्था दिगो हुन नसक्ने भन्दै संस्थाका सकरात्मक गतिविधीलाई निरन्तर लेख्न पाईनेमा आँफू विश्वस्त रहेको बताए । कार्यक्रममा संस्थापक ईन्दु शर्माले संस्था स्थापना देखि हालसम्म गतिविधीको वारेमा जानकारी गराईन् ।

संस्थाका अध्यक्ष सोमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमममा कोषाध्यक्ष जीवन आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकाथिए भने स्वेता भट्टराईले कार्यक्रम सञ्चालनमा गरेकी थिईन् ।

वि.सं.२०७४ मा अनौपचारिक समूहवाट शुरुवात भएको ‘हामी गर्न सक्छौं, सहयोगी हातहरु’नामक संस्था हाल जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भई कार्य गर्दै आईरहेको छ । विशेषगरी दैविक प्रकोपको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको यस संस्थाले चितवन र पर्वत जिल्लामा आफ्ना शाखा संरचना विस्तार गरेको जनाईएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.