www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका मेयरसहित कम्युनिस्ट वडाध्यक्ष सबै ओलीकै पक्षमा

पोखरा
ताण्डव न्यूज ।

यतिवेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनकाे संघारमा छ । नेकपामा एक पक्ष ओली र अर्को पक्ष प्रचण्ड–माधव नेपाल रहेका छन् ।  कुन समुहमा को हुने ? भनेर अझै आउने जाने क्रम जारी छ । केन्द्रीय सदस्यदेखी प्रदेशसम्म यही अवस्था छ । पोखरा महानगरपालिकामा रहेका ३३ वटा वडा मध्य २२ वटा वडामा अध्यक्षमा कम्युनिस्टका नै छन् । ती मध्य सबै ओली पक्षमै रहेको महानगर स्रोतले बताएको छ ।

महानगरका मेयर मनबहादुर जिसी, उपमेयर मन्जु गुरुङ, मेयरका स्वकिय सचिव लक्ष्मण तिमिल्सिना, प्रेस संयोजक माधव बराल लगायतका सबै ओली पक्षमै छन् ।

Batas

वडा नं १ की शारदा पराजुली, ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, ७ का रामचन्द्र बराल, ८ का रुद्रनाथ बराल, १३ का लेखबहादुर तामाङ (दर्शन लामा) ओली पक्षमै छन् । त्यस्तै वडा नं १४ का प्रेम बहादुर कार्की, १५ का प्रकाश पौडेल, १६ का जीवन आचार्य, १७ का तीर्थराज अधिकारी पनि ओली पक्षमै उभिएका छन् । १८ का रणबहादुर थापा, १९ का शोभामोहन पौडेल, २० का सिमबहादुर गुरुङ, २१ का खगराज आचार्य, २२ का मित्रलाल बराल पनि ओली पक्षमै रहेको बताईन्छ ।

त्यसैगरी २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, २५ का शोभाकर तिम्सिना, २६ का नारायणप्रसाद बराल, २८ का निर्मल दियाली सुनार, २९ का चेतबहादुर गुरुङ, ३० का श्रीराम पोखरेल, ३१ का कमलबहादुर थापा र ३३ का शिवप्रसाद आचार्य पनि ओली पक्षको लाईनमै रहेका छन् ।

केन्द्रमा नेताहरु दुई खेमामा विभक्त भएपछि ओली र प्रचण्ड–माधव पक्षमा तलसम्म कार्यकर्ताहरु दुई कित्तामा उभिएका छन् । तर यस्तो अवस्थामा समेत पोखरा महानगरका वडा अध्यक्षहरु भने सबै ओली पक्षमै रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको ३३ वडा मध्ये तत्कालिन एमालेले २२ वटा वडाको अध्यक्ष पदमा जित हासील गरेको थियो भने नेपाली काग्रेसले ११ वटा वडामा अध्यक्ष पदमा विजयी भएको थियो । एमालेले २० वटामा प्यानल सहित र दुई वटा वडामा वडाध्यक्ष मात्र जितेको थियो । तत्कालिन एमाओबादी केन्द्रले भने कुनैपनि वडामा जीत हासिल गर्न सकेको थिएन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.