www.tandavnews.com
Fact ~ In search of truth

‘स्टोरी बैंक’ मा १५ फिल्म

पोखरा ।

चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’ मा १५ फिल्म दर्ता भएका छन् । नेपाल सरकारले यो वर्षको बजेट भाषणमार्फत मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने नीति सार्वजनिक गरेपछि विकास बोर्डले मौलिक स्टोरी छनौटका लागि गत असोजमा ‘स्टोरी बैंक’ स्थापना गरेको थियो ।

बोर्डले दर्ता भएका फिल्मबाट छनोट गरी प्रस्तावित बजेटको आधारमा संयुक्त लगानी गरिदिने भएको छ । फिल्मको कूल बजेटको २५ देखि ५० प्रतिशतसम्म लगानी गर्ने कार्यविधिमा उल्लेख छ । बोर्डले मौलिक र सन्देशमूलक फिल्ममा संयुक्त लगानीको कार्यविधि बनाएको छ । बोर्डले नयाँ फिल्म निर्मातालाई प्रोत्साहन गर्नको लागि केही समय पहिले स्टोरी बैंकको अवधारण ल्याएको थियो ।

Batas

बोर्डका सदस्य–सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठिन ११ सदस्य मस्यौंदा समितिले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार पारिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.