www.tandavnews.com
Fact ~ In search of truth

‘माटेपानी गुम्बा’ पूननिर्माण हुने, प्रदेश प्रमुख शेरचनद्वारा शिलान्यास

अर्जुन गाहा (सुशान्त),

पोखरा /ताण्डव न्यूज ।

पोखरा महानगरपालिका १२ मा रहेको पोखराकै सबैभन्दा पुरानो ‘कर्म सिद्ध’ माटेपानी गुम्बाको पुननिर्माण हुने भएको छ । २०१६ सालमा निर्मित गुम्बा २०७२ सालको भुकम्प पश्चात जीर्ण भएपछि उक्त गुम्बाको स्थानान्तरणसँगै पुननिर्माण हुने भएको हो ।

Batas

सो गुम्बाको शिलान्यास आज (सोमबार) एक कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गरे । सो अवसरमा बोल्दै प्रमुख शेरचनले गुम्बाको ऐतिहासिक महत्व रहेको बताउदै ‘बुद्ध दर्शन’ संसारमा नयां सन्देश दिने माध्यम भएको बताए । ‘गेरु वष्त्र, पहेलो कपडा पहिरिएर मात्रै बुद्वत्व प्राप्त गर्न सकिदैन, उनले भने, ‘जीव जन्तु सबै प्राणीको कल्याण र विभेद रहित सोच र कर्म गर्नुपर्छ ।’

उनले बुद्धमार्गीहरुले धार्मिक आस्थाको रुपमा पुजा गर्ने गुम्बाको पुननिर्माण नेपाल सरकारले गर्न लागेको बताउदै प्रशंसा गरे । प्रदेश प्रमुख शेरचनले उक्त गुम्बा गुणस्तरिय र भुकम्प प्रतिरोधी बन्नुपर्ने तर्क दिए ।

माटेपानी गुम्बा निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारबाट पाउन सक्ने सहयोगको लागि आफुले पहलकदमी गर्ने उल्लेख गरे । उनले स्वदेशमै स्थापित बुद्ध दर्शनको विकास गर्नुपर्ने धारणा राखे । प्रमुख शेरचनले प्रदेश सांसदहरुलाई ध्यानाकर्षण गराउदै भने, ‘आफ्नै देशको बुद्ध संस्कार र दर्शनलाई पाठ्यक्रममै विकास गरेर अगाडि लानुपर्छ । अझ यसको लिपी सहित शैक्षिक गुणस्तर उकास्न सकिन्छ ।’

प्रदेश प्रमुख शेरचनले फरक प्रसंगमा बोल्दै यतिबेला राष्ट्रिय एकताको आवश्यकता रहेको धारणा राखे । संसद विघटनको विषयमा बोल्दै शेरचनले पछिल्लो समय धार्मिक क्षेत्रका व्यक्तित्वहरुसँगै राजनैतिक व्यक्तित्वहरु एकताको सुत्रमा बाँधिनुपर्ने बताएका थिए ।

त्यस्तै गुम्बाका धर्म गुरु गुरुङले २०१६ सालमा स्थापना भएको माटेपानी गुम्बा (मनाङे गुम्बा­) रहेको स्थान अझ पनि उच्च जोखिममा रहेकोले केही पछाडिको जग्गामा स्थानान्तरण गरि निर्माण गरिने बताए । उनले तत्कालिन समयमा जीर्ण बनेको गुम्बालाई व्यवस्थापन समितिले संरक्षणका लागि विभिन्न पहल गरेको बताउदै उक्त पहल यथेष्ट भएकाले पूननिर्माणका लागि नेपाल सरकारलाई नै गुहार्न परेको बताए ।

एक रोपनी क्षेत्रफलमा निर्माण हुने एतिहासिक महत्व बोकेको उक्त गुम्बा पुरानै शैलीको बन्नेछ । निर्माण प्राधिकरणका डिई ईन्जिनियर सुरेन्द्र धिमिरेका अनुसार सो गुम्बाको अनुमानित लागत ६ करोड भनिएपनि निर्माणको जिम्मा पाएको रबिना हेभी जेभीले १८ महिनामा सम्पन्न गर्ने गरी ४ करोड ३० लाखमा सम्झौता गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.