www.tandavnews.com
Fact ~ In search of truth

संसद् विघटन विरुद्ध कास्की कांग्रेसको प्रर्दशन

पोखरा,
ताण्डव न्यूज ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा(संसद) विघटन, सर्वसत्तावाद र भ्रष्टाचारको विरुद्धमा कास्की कांग्रेसले विरोध प्रर्दशन गरेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रम अन्तर्गत कास्कीको तीनै क्षेत्रमा विरोध प्रर्दशन गरेको हो ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ को अर्घौचोकबाट र्याली सुरु भई तालचोक,क्षेत्र नम्बर २ को सभागृह चोकबाट सुरु भई सिर्जनाचोकमा र क्षेत्र नम्बर ३ को हरिचोकबाट सुरु भई बागलुङ बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो ।

Batas

सो विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको विरोध गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.